मंगलबार , अषोज २७, २०८३

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएकाे छ ।

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे एक सय २८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे दिल्लीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २७ रन बनायाे । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ काेलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए ।

याे जितसँगै काेलकाता ११ खेलमा १० अङ्कसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अङ्क बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ ।

प्रतियाेगिताकाे दाेस्राे खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP