
एमालेले विधान महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई सातदोबाटोबाट महाधिवेशनस्थल गोदावरीसम्मका लागि गाडीको व्यवस्था मिलाइएको छ ।
प्रतिनिधिहरूका लागि बिहानको खाना र खाजा उपलब्ध हुनेछ । महाधिवेशनका लागि २०० स्वयम्सेवक खटाइने एमाले नेता खीमलाल भट्टराईले जानकारी दिए ।उनका अनुसार कोरानाविरुद्धको खोप नलगाएका प्रतिनिधिलाई खोपको व्यवस्था मिलाउन प्रयास गरिरहेको पनि बताए ।
विधान महाधिवेशनमा ५००० भन्दा धेरै प्रतिनिधि सहभागी हुने बताइएको छ । एमालेको विधान महाधिवेशन यही असोज१५-१७ सम्म हुँदैछ ।