शनिबार , भाद्र १३, २०८३

उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल (प्रोजेक्टाइल) प्रक्षेपण गरेको छ । उत्तर कोरियाले कम्तीमा एउटा प्रोजेक्टाइल जापानको समुद्रतर्फ प्रहार गरेको दक्षिण कोरियाको सैनिकले जनाएको छ ।

पूर्वी समुद्रका रुपमा समेत चिनिने जापानको समुद्रमा उत्तर कोरियाले प्रहार गरेको मिसाइल मंगलबार बिहान खसेको हो । केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।

दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको नियम अनुसार ब्यालेस्टिक मिसाइल प्रतिबन्धित छ ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले अमेरिकी अधिकारीसँग मिलेर घटनाको अनुगमन गरिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP