मंगलबार , बैसाख २९, २०८३

आज २८ सेप्टेम्बरका दिन विश्वभरी रेबिजविरुद्धको दिवस मनाइँदैछ ।

यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो ।रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो ।

रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पुर्‍याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।

‘रेबिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबिजविरुद्धको दिवस संसारभर मनाइँदै छ ।

रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ, जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।

के हो रेबिज ?

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।

रेबिजको इतिहास

इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या रेबिज लागेको जनावरसँगको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।

मानिसमा कसरी सर्छ रेबिज ?

रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।

गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ ।

संक्रमित जनावारले टोक्दा र्‍याल ग्रन्थीमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज भएका जनावर अथवा कुकुर, चमेरा, बिरालो आदिले टोक्दा वास्ता नगर्नु र स्वास्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबिजको कारण नेपालमा वर्षेनि सैयौंको ज्यान जाने गरेको छ ।

घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रेबिजविरुद्धको खोप लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप तथा रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP