आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए ।

उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकाले दसैंअगाडि नै अधिवेशन गर्न लागिएको छ । ‘दसैंअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौं, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दसैंअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको हो, केही जिल्लामा एक दुई दिन यताउता पनि होला,’ निर्वाचन समिति संयोजक यादवले भने । गत ७ असोजमा बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दसैंअघि र पहाडी तथा तराईका जिल्लामा दसैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोजभित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पूरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिकातहका अधिवेशन पनि सम्पन्न गरिसकेको छ । वडा अधिवेशन सकिएका काठमाडौंसहितका केही जिल्लामा भने पालिका अधिवेशन हुने प्रक्रियामा छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP