बिहिबार , बैसाख १८, २०८२

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।सोमबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले पत्रकार सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरूले दिएको राजीनामा पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सार्वजनिक पद धारणा गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न पनि स्वीकृत दिइएको प्रवक्ता कार्कीले बताए ।मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ ।

सरकारले डोटीस्थित शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 27 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 31 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP