
मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।
अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात ९० करोड रुपैयाँको आइपिओ खुल्नेछ। त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।
त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।
यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ।