सोमबार , अषोज २६, २०८३

मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात ९० करोड रुपैयाँको आइपिओ खुल्नेछ। त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP