मंगलबार , अषोज २७, २०८३

सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिमानाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए ।

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट नदेखिए पनि संक्रमणको जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ’ पौडेलले भने– ‘चाडबाडको समयमा टेस्टिङलाई थप व्यवस्थित बनाउन थप जनशक्ति परिचालन गर्दौछौं ।’

उपत्यकाबाट घर जानेहरूका लागि लक्षित टिकट बुकिङ सोमबारदेखि खुला गरिएकोले उपत्यका छाडेर घर जानेहरूले पनि सतर्कता अपनाउन आवश्यक रहेको मन्त्रालयले जोड दिएको छ ।

पौडेल भन्छन्– ‘एक स्थानबाट अर्को स्थानमा जाँदा अनिवार्य रुपमा सुरक्षा मापदण्ड पालना गरी संक्रमण बढी भएको ठाउँबाट जाँदा आवश्यकताअनुसार क्वारेन्टिनमा बस्नुहोला ।’

सिमानाकामै खोप
भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै एन्टिजेन टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यहीँ खोप लगाइदिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाइने छ ।

यसका लागि खोप छुट्याइसकेको उनले बताए ।

पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई फर्किएका नेपालीलाई सिमानाकामै खोप लगाएर सुरक्षित भित्र्याउँनेछौं ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सीमानामै एन्टिजेन टेष्ट गरि भ्याक्सिन नलगाइ नेपाल आउनेहरूलाई सिमामै खोप लगाइदिएर सुरक्षित रुपमा गाउँ पठाउने अभियान थालिने बताएका थिए ।

त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिव्रता दिएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP