मंगलबार , बैसाख २९, २०८३

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका पुगेर एमसीसी संशोधन हुन नसक्ने कुरा बताएका छन् । एमसीसी पास हुँदा संसोधन नभई पास हुने कुरा कार्यक्रममा उल्लेख गरेका छन् ।

नेपालले एमसीसी संशोधन नहुनुको कारण उल्लेख गर्दै मन्त्री खड्काले भने, “नेपालको लागि मात्र एमसीसीलाई संशोधन गर्न मिल्दैन । नेपाललाई मात्र संशोधन गर्दा अरु लागू भएका देश प्रभावित हुने भएकाले संशोधन गर्न कठिन हुन्छ ।”

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले भने, “एमसीसी बारे अघिल्लो सरकार हुँदा केपी शर्मा ओलीले आफै कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर एमसीसी नेपालको हितको लागि भएकाले संशोधन नगरी पास गर्नुपर्ने कुरा बताउनु भएको थियो ।”

मन्त्री खड्काका अनुसार नेपालमा एमसीसीको गलत प्रचार भएका कारण यसको बारेमा जनता भ्रममा रहेको जनाएका छन् । नेपाल र अमेरिका बीचको सम्बन्ध पूरानो भएकाले अमेरिकाले नेपाललाई सहयोग गर्दै एमसीसी परियोजना अघि सारेको कुरा बताएका छन् ।

आफू सत्तामा हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै एमसीसी पारित गराउन अघि सरेका थिए तर अहिले आफै एमसीसी बारे गलत भ्रम फैलाउँदा दुई देश बीचको सम्बन्धमा चिसो पस्न सक्ने कुरा समेत मन्त्री खड्काले जनाएका छन् ।

“एमसीसी परियोजना नेपालको लागि फलदायी छ भन्ने सबै राजनीतिक दललाई थाहा छ तर आफ्नो स्वार्थको लागि मात्र राम्रो भन्ने नत्र गलत प्रचार गर्ने हुँदा यस बारे धेरै भ्रम छरिएको छ ।” कुराकानीको क्रममा मन्त्री खड्काले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP