मंगलबार , असार ३, २०८२

दशैँ मनाउन घर जाने यात्रुलाई लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

गत विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर आज (असोज ११ गते)देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

चाडपर्वको बेला एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । त्यसैले सरकारले अग्रिम टिकट बुकिङ गर्दै आएको छ ।

यो वर्ष सरकारले सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । त्यसैले दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।

अग्रिम टिकट काट्दा पनि यात्रु धेरै ठगिने गर्छन् । तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुन्छन् । त्यसैले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।

त्यसैले यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान आग्रह गरेको छ ।

डिलक्स सुविधा भएका भने यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP