मंगलबार , बैसाख २९, २०८३

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

शेख ज्याद क्रिकेट स्टेडियममा कोलकाताले जितका लागि दिएको १७२ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनायो । चेन्नईका लागि फाफ डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै रुतुराज गाइक्वाडले ४० रन बनाउँदा मोइन अली ३२ र रविन्द्र जडेजाले २२ रन बनाए ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले तीन विकेट लिए । त्यस्तै प्रंशिद्ध कृष्ण, लकी फग्यूसन, भरुन चक्रवर्ती र आन्द्र रसलले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो ।
कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै नितिस रानाले नट आउट ३७ रनको योगदान गरे । दिनेश कार्तिकले २६ रनको योगदान गर्दा आन्द्रे रसल २० तथा भेन्केटस यैरले १८ रन बनाए ।

बलिङतर्फ चेन्नईका लागि जोस हेजलहुड र शार्दुल ठाकुरले समान दुई–दुई विकेट लिए । त्यस्तै रवीन्द्र जडेजाले १ विकेट लिए ।

लिगमा १० खेल खेलेको चेन्नई १६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दिल्लीको १६ अंक छ ।

१० खेल खेलेको कोलकाता ८ अंक जोडेर चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP