मंगलबार , बैसाख २९, २०८३

आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा २३ सदस्यीय टिम सहभागी हुने भएका छन् ।

आइतबार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसीपका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम कतारमा रहेका छन् । उनीहरु बन्द प्रशिक्षणका लागि कतारमा छन् । आगामी माल्दिभ्समा हुने प्रतियोगितामा नेपाली टोली त्यतैबाट माल्दिभ्स प्रस्थान गर्नेछ ।

२३ सदस्यीय नेपाली टिमभित्र गोलरक्षकत्रय किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यसैगरी टिममा आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP