मंगलबार , अषोज २७, २०८३

कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तले विरोध गर्दा तनाव सिर्जना भएको छ। डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको हो।

उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गर्नुका साथै अस्पताल घेराउन गरेपछि अवस्था तनावपूर्ण बनेको हो। उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको कारण चिकित्सकको लापरबाही रहेको बताउन थालेका छन्।

अस्पतालमा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। तर, मृतकको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालले भने उच्च रक्तस्राव भएपछि उनलाई बचाउन नसकिएको जनाएका छन्।

अस्पतालका डा नीरज अर्यालले अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको बताए। कल्पनाले जन्म दिएको शिशुलाई एनआइसीयुमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP