मंगलबार , असार ३, २०८२

कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तले विरोध गर्दा तनाव सिर्जना भएको छ। डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको हो।

उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गर्नुका साथै अस्पताल घेराउन गरेपछि अवस्था तनावपूर्ण बनेको हो। उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको कारण चिकित्सकको लापरबाही रहेको बताउन थालेका छन्।

अस्पतालमा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। तर, मृतकको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालले भने उच्च रक्तस्राव भएपछि उनलाई बचाउन नसकिएको जनाएका छन्।

अस्पतालका डा नीरज अर्यालले अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको बताए। कल्पनाले जन्म दिएको शिशुलाई एनआइसीयुमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP