बिहिबार , बैसाख १८, २०८२

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागेको विधान महाधिवेशनमा विधान संशोधन मुख्य चासोको विषय रहेको छ ।

पदाधिकारीको अहिलेको संरचनामा हेरफेर गर्दै उपाध्यक्षको संख्या घटाउन र सचिवको संख्या बढाउन विधान संशोधन मस्यौदामा प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटी बैठकबाट आएका सुझाव सम्बन्धमा छलफल गर्न एमालेले सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सोमवार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP