मंगलबार , बैसाख २९, २०८३

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागेको विधान महाधिवेशनमा विधान संशोधन मुख्य चासोको विषय रहेको छ ।

पदाधिकारीको अहिलेको संरचनामा हेरफेर गर्दै उपाध्यक्षको संख्या घटाउन र सचिवको संख्या बढाउन विधान संशोधन मस्यौदामा प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटी बैठकबाट आएका सुझाव सम्बन्धमा छलफल गर्न एमालेले सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सोमवार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP