सोमबार , भाद्र १५, २०८३

‘भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भइसकेको छ, कोरोना महामारीको जोखिम घटेको छैन, अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुन्छ, अनलाइन तथा मोबाइल एपबाटै टिकट खरिद गर्ने प्रोत्साहन गर्नुपर्छ’, सचिव श्रेष्ठले भने, ‘काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनेछ, ५ वटा अहिलेसम्म तयार भइसकेको छ, भोलिसम्म सबै बनिसक्छन् र भोलिबाटै विभिन्न १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउँछ, त्यस्तै हामीले यात्रुहरुको सहजताका लागि ५ दिन सवारीसाधन कडा चेकजाँच नगरी खुला गर्ने निर्णय गरेका छौँ भने दशैँ लक्षित राजमार्ग खुलाउने, सडकहरु टाल्ने काम भइरहेको छ।’

त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे। उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए।

महानिर्देशक घिमिरेले अनलाइन टिकट काटेर आउने हरेक यात्रुहरुलाई यस वर्ष एक बोतल एक लिटरको मिनिरल वाटरको व्यवस्था मिलाइएको पनि बताए। उनले दशैँमा टिकट वितरण गर्न धेरै विचौलिया देखापर्ने समस्या रहेको भन्दै यसवर्ष टिकट काउन्टरमा बसेकालाई परिचय पत्र र तोकिएको पोशाक उपलब्ध गराउने भएकोले उक्त काउन्टरमा रहेका पोशाक लगाउने र परिचय पत्र भएकाहरुबाट मात्रै टिकट काट्न आग्रह गरे।

उनले देशभरका गुनासो सम्बोधन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा कमाण्डर सेन्टर स्थापना गरी २४ सै घण्टा टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सकिने बताए। उनले दशैँलाई मध्यनजर गर्दै यात्रुहरु सिट क्षमता भन्दा बढी चढाउने सवारीसाधनको निगरानीको लागि नागढुंगासम्म साधा पोशाकमा प्रहरीहरुले अनुगमन गर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP