आइतबार , भाद्र १४, २०८३

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जबाफ फर्काएका छन्।

मकवानपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो चुनावसम्म एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका थिए।

एमालेको जारी केन्द्रीय कमिटी बैठक आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘मच्छडले निदाएका बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो।’ ओलीले एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP