आइतबार , भाद्र १४, २०८३

सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’उनले एमसीसीलाई नेपालमा टेकेर ‘चीनलाई घेर्ने रणनीति’ को संज्ञा पनि दिए ।

एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उनको भनाइ छ । ‘एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भने ।

आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP