मंगलबार , असार ३, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।

शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरे । अध्यक्ष नेपालले भने, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे । त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो ।’

समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।

उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए । जबज नेकपा एकीकृत समाजवादी पार्टीको मुलमन्त्र भएको समेत अध्यक्ष नेपाले स्पष्ट पारे । उनले देशभर एकीकृत समाजवादीको पक्षमा लहर आइरहेको दाबी गर्दै देशभर समाजवादीको संगठन निर्माणका कामहरु द्रूत गतिमा भैरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP