मंगलबार , बैसाख २९, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।

शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरे । अध्यक्ष नेपालले भने, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे । त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो ।’

समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।

उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए । जबज नेकपा एकीकृत समाजवादी पार्टीको मुलमन्त्र भएको समेत अध्यक्ष नेपाले स्पष्ट पारे । उनले देशभर एकीकृत समाजवादीको पक्षमा लहर आइरहेको दाबी गर्दै देशभर समाजवादीको संगठन निर्माणका कामहरु द्रूत गतिमा भैरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP