मंगलबार , असार ३, २०८२

१५ हजार ६९० नमूना परीक्षणमा १४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ५७५ नमूनाको पीसीआर र ५ हजार ११५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ११ सय ३ र एन्टिजेन विधिबाट ३७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८१ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार थप १५ सय ५० जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २०२८७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३४७ जनाको भेन्टिलेटरमा र १०५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १७२५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP