मंगलबार , बैसाख २९, २०८३

आगामी असोज ११ गतेदेखि दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् । तर, दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।

पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दसैँ तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।

सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

यस्तो छ समायोजित नयाँ भाडादर

Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022 (1)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP