सोमबार , भाद्र १५, २०८३

राजामहाराजाको श्रीपेच चोरेर कसैलाई राजा बन्ने सनक चढ्यो भने के हुन्छ ? यस्तै सनक चल्दा रुकुमका २६ वर्षीय युवा फन्दामा परेका छन् ।

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

सधैँ झैँ नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवतजावत चलिरहेको थियो । त्यहाँको सुरक्षा जिम्मेवारी सेनाको भएकाले प्रत्येक कक्षमा सुरक्षा कडिकडाउ थियो । संग्रहालय अवलोकन गर्न पुगेका एक युवा श्रीपेच रहेको रुपन्देही र सुर्खेत कक्षमा धेरै बेर अलमलिए ।

सुरक्षाकर्मी र संग्रहालयका कर्मचारीलाई शंका लागेपछि उनीहरूले बाहिर निस्कन आग्रह गरे । त्यो आग्रह आनाकानी गरेर टारे । श्रीपेच आक्रमण गर्ने दाउमा रहेका उनले सीसा केसमा हातले प्रहार गरीे खुकुरी निकाल्न खोजेकाे संग्रहालयका कर्मचारी राजु कार्कीले बताउनुभयाे ।

घलेले शोकेसमा राखेको खुकुरीलाई मुक्काले हानेर निकालेको र सोही समयमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कार्कीले बताउनुभयो । आफूले श्रीपेच लगाउने योजनाका साथ अवलोकन गर्न आएको घलेलाई उद्धृत गर्दै कार्कीले जानकारी दिनुभयो ।

यी युवाले पटक–पटक संग्रहालय अवलोकन गरी श्रीपेच खोस्ने प्रयास गरेको खुलेको छ । यही प्रयोजनका लागि उनी तीन साताअघि रुकुमबाट काठमाडौं आएका थिए ।

हेर्दा सामान्य देखिने यी युवाको पृष्ठभूमिका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । घटना लगत्तै बन्द गरिएको संग्रहालय सुचारु गरिएको संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले बताउनुभयो ।

राजपरिवारको बहिगर्मनसँगै २०६५ सालमा नारायणहिटी संग्रहालय खुला गरिए पनि श्रीपेच भने ०७६ साल असोज १ गते सर्वसाधारणको अवलोकनका लागिखुल्ला गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP