बिहिबार , बैसाख १८, २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्दै जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ उनले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे ।

अध्यक्ष ओलीले आफूले बनाई दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुनुहुन्छ । एकचोटी ताली बजाउनुस् न । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नु हुनेछ, बत्ती बाल्नुहुनेछ । उद्घाटन गर्नुहुनेछ । घर हामीले बनायौँ रिबन उहाँले काट्नुहुन्छ । यस्ता थुप्रै कामहरू जुन हामीले ग¥यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । उनले भने, ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलब छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलब छैन । स्वाधीनताको मतलब छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ उहाँहरू कोही विकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीतिक त्यस्तो होइन । हाम्रो राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’

अध्यक्ष ओलीले आगामी मङ्सिर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबी समेत गरे । उहाँले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी सङ्गठन, विद्यार्थी सङ्गठन, युवा सङ्गठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारे । आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनले आपत्ति जनाए । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP