आइतबार , भाद्र १४, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्दै जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ उनले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे ।

अध्यक्ष ओलीले आफूले बनाई दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुनुहुन्छ । एकचोटी ताली बजाउनुस् न । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नु हुनेछ, बत्ती बाल्नुहुनेछ । उद्घाटन गर्नुहुनेछ । घर हामीले बनायौँ रिबन उहाँले काट्नुहुन्छ । यस्ता थुप्रै कामहरू जुन हामीले ग¥यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । उनले भने, ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलब छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलब छैन । स्वाधीनताको मतलब छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ उहाँहरू कोही विकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीतिक त्यस्तो होइन । हाम्रो राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’

अध्यक्ष ओलीले आगामी मङ्सिर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबी समेत गरे । उहाँले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी सङ्गठन, विद्यार्थी सङ्गठन, युवा सङ्गठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारे । आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनले आपत्ति जनाए । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP