मंगलबार , असार ३, २०८२

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ।

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढ्ने खतरा रहेको बताए। उनले बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ।

सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने उनले बताए। सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने उनको भनाइ छ।

निर्देशक झाले भने, ‘भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेको छ। त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ। बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ। सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ। सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्छ।’

सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP