बुधबार , बैसाख २४, २०८२

भारतमा विवाह गरेकी झापाकी नेपाली चेलीको सम्पत्ति हत्याउन आफन्तले नै टुक्राटुक्रा पारेर हत्या गरेको पाइएको छ ।

झापा गाउँपालिका–१ माइती भएकी डोली भनिने धोन्नी टुडुलाई माइत आउने क्रममा आफन्तले नै विभत्स ढङ्गले हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेको छ । उनीहरुले भदौ २४ गते आफूहरुले हत्या गरेको स्वीकार गरेका छन् ।पक्राउ पर्नेहरुमा भारत किसनगञ्जका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु, सोही स्थानका ५६ वर्षीय सोमाइ हेमरम र २७ वर्षीय श्री हेमरम छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले भने,“झापा गाउँपालिकाको नेपाल भारत सीमावर्ती क्षेत्रमा २४ गते टुक्राटुक्रा पारेको शव फेला पर्‍यो । जहाँ कम्मरभन्दा माथिको भाग थिएन । शंकास्पद घटना लागेपछि हामी सक्रिय भयौं । सूचना संकलन गर्दै जाँदा भारतमा एकजना महिला हराएको खबर पायौं । जहाँबाट हामीलाई अनुसन्धानमा सफलता प्राप्त भयो ।”

उनका अनुसार पक्राउ परेकाहरुले टाउको, जीउको माथिल्लो भाग, कम्मर भन्दामुनि र घुँडाभन्दा तल गरेर शव चार टुक्रा पारेको बयान समेत दिएका छन् ।

उनीहरुले कम्मरभन्दा माथिको भाग खोलामा बगाएको समेत बताएका छन् ।

एसपी भट्टराईका अनुसार हत्या गरिएकी नेपाली चेली डोली भनिने धोन्नी टुडुका श्रीमान्को १५ दिनअघिमात्रै मृत्यु भएको खुलेको छ ।

टुडुका श्रीमानले दुई विवाह गरेका थिए । धोन्नी जेठी श्रीमती हुन् । उनका सन्तान छैनन् ।

पक्राउ परेकामध्ये ऐतवार मृतक डोलीका भाञ्जा लखन मृतक महिलाको सौताको भाइ रहेको खुलेको एसपी भट्टराईले जानकारी दिए ।

सोमाइ र श्रीले घटना लुकाउन सहयोग गरेको पाइएको छ । प्रहरीले धोन्नीकी सौताको समेत खोजी गरिरहेको छ । यसबारे भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले धोन्नीको सम्पत्ति हत्याउन हत्या गरेको खुलेको छ । यसबाहेक उनीमाथि बोक्सीको आरोपसमेत लगाइदै आएको खुलेको छ । घटनामा संलग्न अन्य अपराधीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

(source: baahrakhari)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP