बुधबार , बैसाख २४, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास निर्माणका कुनै काम गर्न नसक्ने प्रस्ट पारेका छन् । उनले आफ्नो नेतृत्वको सरकारले निर्माण गरेका संरचनालाई देखाएर नै अहिलेको सरकारले विकास निर्माणको श्रेय लिन खोज्ने टिप्पणीसमेत गरे ।

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हामीले बनाइदिएको घरमा सर्दै हुनुहुन्छ अब दुई चार महिनामा ।’ यति भनेर उनले कार्यकर्तालाई ‘एक पटक ताली बजाइदिनुस् न !’ समेत भने ।

ओलीले अगाडि भने, ‘उहाँ (प्रधानमन्त्री देउवा)ले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । उद्घाटन गर्नुहुनेछ ।’ यस्ता थुप्रै काम आफ्नो नेतृत्वको सरकारले गरेको र तिनै काम सही नसक्नु भएका कारण आफ्नो सरकारलाई निशाना बनाएर हटाइएको उनको भनाइ थियो ।

उनले भने, ‘दुई वर्ष एमाले नेतृत्वको सरकार टिकेको भए उहाँहरुको राजनीतिको सटर बन्द हुन्थ्यो ।’ योग्यता, दक्षताका आधारमा आफ्नो नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेको तर अहिलेको सरकारले उनीहरुलाई फिर्ता बोलाएको भन्दै ओलीले सरकारको आलोचना गरे ।

कसैले पक्षपात भयो भनेर आवाज उठाउन नपाओस् भनेर सरकारले आफ्नो निकट रहेका राजदूतलाई पनि फिर्ता बोलाएको उनको भनाइ थियो । ‘पोहोरै समय सकिएर मैले म्याद थपिदिएको जापानको महामहिमलाई फिर्ता बोलाएको छ । पक्षपात गरेको छैन भनेर देखाउनका लागि,’ उनले भने, ‘त्यो त सेप्टेम्बरभित्र आउनैपर्ने थियो, अहिले फिर्ता बोलाएको भन्नुपर्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP