मंगलबार , अषोज २७, २०८३

कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।

‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ ।

डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ ।

भारतको दक्षिणी राज्य कोरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य सचिव राजीव सदानन्दनले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP