मंगलबार , अषोज २७, २०८३

बीबीसी । म्यानमारको एउटा सहरमा सैनिक र सैनिक कूको विरोधी लडाकुबीच भीषण युद्ध हुँदा त्यहाँका लगभग पूरै मानिसहरूले सहर छोडेका छन् । चिन राज्यको थन्टलाङमा साताभर चलेको युद्धका कारण त्यहाँका करिब ८ हजार मानिसले घर छोडेका हुन् । हजारौँ मानिसहरू नजिकैको सीमा पार गरी भारत गएको ठानिएको छ ।

विस्थापित मानिसहरूलाई सहयोग गरिरहेको एउटा संगठनका एक जना प्रवक्ताले सुरक्षा बलले घरहरूमा गोली प्रहार गर्न सुरु गरेपछि मानिसहरू भागको बताए । “करिब सय प्रतिशत मानिसहरू भागेका छन् ।

नागरिक अवज्ञा आन्दोलनमा सहभागी नभएका सरकारी कर्मचारी र सेनाका फौजहरू मात्र सहरमा छन्,” एक बासिन्दाले भने ।लडाइको समयमा तोपहरूद्वारा थुप्रै घरहरूमा आगलागी गराइएको थियो । रोयटर्सका अनुसार करिब २० घरहरू जलेका थिए । सैनिकले एक जना क्रिश्चियत पास्टरलाई गोली हानी मारिदिएको बताइएको छ ।

म्यानमारको सैनिकले गएको फेब्रअरीमा कू गरेर सत्ता कब्जा गरेपछि ठूला प्रतिरोधहरू भए । त्यसको विरोधमा विरोधी लडाकुको गठनसमेत भयो ।

एक नागरिक समाजका प्रमुखका अनुसार गएको हप्ताभरि भारतको मिजोरम राज्यमा म्यानमारबाट साढे पाँच हजार मानिसहरू गएका छन् ।

जेनरल मिन आङ लियाङ जो आफूलाई प्रधानमन्त्री पनि भन्छन्, उनले अगस्टमा संकटकाल लम्बिन सक्ने बताएका थिए ।

फेबु्रअरीमा सैनिक कू भएपछि देशभर प्रर्दशनहरू फैलिएका छन् । जवाफमा सुरक्षा बलले क्रुर दमन गरिरहेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैनिक दमनमा एक हजारभन्दा बढी मारिएका छन् भने ६ हजार भन्दा बढी पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP