मंगलबार , असार ३, २०८२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो ।
यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो । अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कालोपत्रसहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।

दशैँसम्ममा नवलपुर खण्डमा जीर्ण रहेको सडक मर्मत गरिसक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्रबाहेक नवलपुरको दाउन्नेलगायतका क्षेत्रमा कालोपत्रसहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको इन्जिनियर आचार्यकाे भनाइ छ ।

अहिले यो खण्डमा यात्रा गर्दा निकै सास्ती खेप्नुपर्ने अवस्था छ । नवलपुरकाे गैँडाकोटदेखि दाउन्नेसम्मको झन्डै ६५ किलोमिटर र नवलपुर खण्डमा पर्ने दाउन्नेको झन्डै सात किलोमिटर राजमार्ग लामो समयसम्म मर्मत नगर्दा जीर्ण बनेको हाे ।

नारायणगढ–बुटवल सडक खण्डमा कालाेपत्र गर्न सुरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP