मंगलबार , असार ३, २०८२

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान सुरु गरेको छ ।

सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए । त्यसै दिन साँझ पक्राउ परेका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्य हुन् ।मेयर सुवेदीले भने जिल्ला प्रहरी प्रमुखलाई फोन गरेर पंगेनीमाथि मुद्दा नचलाउन आग्रह गरेको बताएका थिए । प्रहरीले त्यस्तो कुनै आग्रह नआएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP