शनिबार , भाद्र १३, २०८३

पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

रिक्सामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् ।

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरूमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ । आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP