मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजाे मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँच समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र त्याे प्रतिवेदन महत्त्वपूर्ण सुझाव समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा जनताको बहुदलीय जनवाद (जबज) को सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई समात्दै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताउनुभएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । आफूहरू तत्कालीन एमालेजस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरूमार्फत पार्टीको चुनाव चिह्नकाे सन्दर्भमा विभिन्न सुझाव आएको भन्दै पार्टीको चुनाव चिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी बैठक भोलि बिहीवार बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुङ्गो लगाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP