मंगलबार , असार ३, २०८२

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजाे मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँच समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र त्याे प्रतिवेदन महत्त्वपूर्ण सुझाव समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा जनताको बहुदलीय जनवाद (जबज) को सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई समात्दै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताउनुभएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । आफूहरू तत्कालीन एमालेजस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरूमार्फत पार्टीको चुनाव चिह्नकाे सन्दर्भमा विभिन्न सुझाव आएको भन्दै पार्टीको चुनाव चिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी बैठक भोलि बिहीवार बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुङ्गो लगाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP