मंगलबार , अषोज २७, २०८३

राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो ।खोप केन्द्रमा मङ्गलबार दिउँसो अस्पताल परिसरबाट सुरु भएको लाइन तेस्रो लाइन लगाउँदा पनि ठूलो भीड थियो । झन्डै एक हजारको हाराहारीमा मानिस खोप लगाउन लामबद्ध बसेका थिए । उक्त लाइनलाई नियन्त्रण गरी खोप लगाउन नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवा वृद्ध लाइनमा खोप लगाउन उत्सुकताका साथ बसेको देखिन्थे ।

यस्तै थापाथलीस्थित प्रसूति गृहमा समेत कोरोनाविरुद्धको खोप लगाउनेको लाइन युएन पार्क नजिकै पुगेको थियो । सुरुमा कोरोनाविरुद्धको खोप आउँदा प्रयोग गर्न नेपालमा ल्याइएको हो, लगाउनै हुन्न भन्दा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकारहरूले त्यसबारे जनचेतना फैलाउने काम गरेका थिए । कतिपय स्वास्थ्यकर्मी र वरिष्ठ चिकित्सकहरू नै कोरोना खोप नेपालमा प्रयोग गर्न ल्याइएको हुनाले लगाउनै हुन्न भन्दै हिँड्थे तर अहिले त्यो अवस्था नभएको बताइन्छ ।

कोरोनाविरुद्धको खोप लगाउन सिभिलमा आएका अर्जुन बेल्बासे लाइन लाग्दा बेलुकासम्म समय लाग्ने भन्दै कोही साथीलाई फोन गर्दै थिए। उनले लामो लाइन देखेपछि साथीले कालीमाटीस्थित एक विद्यालयमा लाइन नभएको खबर पाएर उनी कालीमाटी गएका थिए । बेल्बासेले सुरुमा खोपप्रति आफूलाई पत्यार नलागेको भन्दै दोस्रो लहरमा भने कोरोनाबाट बच्न खोप नै अचुक औषधि रहेछ भन्ने बुझेको बताए ।

यस्तै उक्त अस्पतालमा भेटिएकी शान्तिनगर बस्ने विद्या कार्की बिहान १० बजे खोप लगाउन आएकी थिइन् ।

लाइन बसेरै भए पनि खोप लगाउन बस्नुभएका उहाँलाई खोप लगाउँदा २ बजिसकेको थियो । चार घण्टा उभिएर लाइनमा बसेपछि मात्र खोप लगाउन पाएकी विद्याले आफूलाई खोपप्रति विश्वास लागेरै खोप लगाउन आएको बताइन् ।

खोप लगाउन आएकी सुरक्षा शर्मा सुरुमा खोप लगाउने र कार्यालयको काम पनि पूरा गर्ने भनेर आएकी रहेछन् तर खोप लगाउनेको लाइन देखेपछि कार्यालयमा नआउने जानकारी गराइन् । यति धेरै लाइन त मैले देखेकी थिइनँ, धेरैमा खोपप्रति विश्वास बढेछ, शर्माले भनिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सुरुमा खोपप्रति विश्वास जगाउन मन्त्रालयले धेरै प्रयत्न गरेपछि विस्तारै मानिसले खोपप्रति बुझ्दै गएको बताए । खोप लगाइसकेपछि पुनः कोरोना नलाग्ने भन्ने भ्रम फेरि चिर्नुपर्ने भन्दै उनले खोप लगाएका मानिसलाई अस्पताल भर्ना गर्न नपर्ने बताए । खोपप्रति मानिसको आकर्षण बढेको उनले बताए ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले सुरुसुरुमा खोप लगाउन आउनुस् भन्दा नआएको स्मरण गर्दै अहिले भने धेरै मानिस खोप लगाउन प्रोत्साहित भएको बताए । खोप लगाउन हुन्न भन्नेहरू बाँकी नरहेको भन्दै उनले कोरोनालाई जित्नका लागि खोप मात्र एक विकल्प भएको बताए । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP