आइतबार , जेठ २६, २०८२

सिड्नी/अष्ट्रेलियामा अध्ययनरत घरेलु तथा अन्तराष्ट्रिय विद्यार्थीलाई सहायता गर्न एससिसिएम फाउण्डेसन गठन भएको छ । कोरानाका कारण फि तिर्न नसकेका, मानसिक समस्यामा रहेका तथा घरेलु हिंसामा परेका विद्यार्थीहरुलाई सहायता गर्न च्यारिटी गठन गरिएको फाउण्डेसनकी निर्देशक रञ्जु थापाले बताउनुभयो । सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टको समेत निर्देशक रहनु भएकी थापाले विद्यार्थीहरुलाई व्यवस्थित र दिगो रुपमा सहयोग गर्नका लागि छुट्टै संस्था आवश्यक परेकाले फाउण्डेसन गठन गरिएको बताउनुभयो । थापाका अनुसार कलेजले आफ्ना विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आइरहेको छ । अब भने कलेजभन्दा बाहिरका विद्यार्थीहरुलाई पनि सहयोग गर्न च्यारिटी नै गठन गर्नुपरेको थापाको भनाई छ । एससिसिएम कलेजले कोरानाको समयमा मात्रै ७० हजार डलरभन्दा बढी रकम विद्यार्थीलाई सहयोग गरिसकेको समेत थापाले जानकारी गराउनुभयो । नाम एउटै जस्तो भएपनि फाउण्डेसन कलेजको व्यवस्थापनबाट विलकुलै फरक रहने तर, कलेजले फाउण्डेसनका लागि आर्थिक सहयोग भने जुटाउने छ ।

अष्ट्रेलियामा खासगरी अन्तराष्ट्रिय विद्यार्थीहरुले यहाको जीवनशैलीमा हिमचिम नहुदा धेरै समस्या भोग्ने गरेका छन् । कुलतमा लाग्ने, घरेलुहिंसामा पर्ने, जागिर गुमाउने तथा अध्ययन पुरा गर्न नसक्ने जस्ता समस्या बढ्दो छ । त्यस्तै समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने एससिसिएम फाउण्डेसनको उदेश्य रहेको बताइएको छ । फाउण्डेसनमा कलेजबाट तथा वाह्य स्रोतहरुबाट सहयोग संकलन गरेर आर्थिक स्रोत जुटाइने बताइएको छ । फाउण्डेसनमा जो कसैले पनि सहयोग गर्न सक्ने थापाको भनाई छ । फाउण्डेसनमा रञ्जु सहित नरेश थापा र राजिव वाग्ले समेत निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP