आइतबार , जेठ २६, २०८२

अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।

तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै छात्राहरूले गुनासो गरेपछि तालिबानले उनीहरूलाई चाँडै विद्यालय बोलाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँकाे शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरूले चिन्ता व्यक्त गरेका छन् । सूचनामा हजारौँ छात्राको पढाइ तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरूलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए ।

शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समुदायले समेत चासो राखेपछि तालिबान उनीहरूलाई चाँडै बोलाउने प्रतिबद्धता जनाउन बाध्य भएको हो ।

संयुक्त राष्ट्र सङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धि भएको बताएका छन् । तर तालिबान समूहले छात्रालाई विद्यालय जान नदिएर ती उपलब्धि गुम्ने खतरा बढिरहेका बेला उसले बालिकाहरूलाई पनि चाँडै विद्यालय बोलाउने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP