शुक्रबार , भाद्र १२, २०८३

भारतले कोभिड–१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने निर्णय गरेको छ । यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्नेछ । यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्स अन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उहाँले बताउनुभयो ।

“‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौं र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौं,” माण्डभियाले संवाददातासँग भन्नुभयो । अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ ।

स्वास्थ्य मन्त्रीले यस वर्षको चौथो त्रैमासको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुनेछन् ।

भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

तथ्याङ्कअनुसार एक करोड तीन लाख ६९ हजार ३८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार १०७ जनाले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउने अग्रपङ्तीमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार ५९३ जनाले खोपका दुबै मात्रा लगाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले मंगलबार कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गर्नुभएको छ । विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

स्वामीनाथनले ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा भन्नुभयो, “कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ । विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्वपूर्ण हुनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP