बुधबार , बैसाख १७, २०८२

आफूलाई आक्रमण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अनुरोध गरेका छन् ।

सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी आक्रमणको प्रयास गरेका थिए ।

चौतर्फी दबाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आक्रोशलाई स्वाभाविक मानेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् ।

तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP