मंगलबार , अषोज २७, २०८३

एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल जितविहीन बनेको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो ।एसियन कप पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नैपर्ने थियो । पहिलो खेलमा फिलिपिन्ससँग अग्रता लिएर पनि कायम राख्न नसक्दा अन्तिममा पराजित भएको थियो ।

यसअघि तीन पटक एसियन कप खेलिसकेको नेपालले पहिलो पटक छनोट खेलेको हो । दुई खेल खेलिसकेको नेपालले एक अंक मात्र जोड्न सक्यो । फिलिपिन्सको ३ अंक छ भने हङकङको एक अंक छ ।

अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । समूह विजेता मात्र अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP