मंगलबार , असार ३, २०८२

इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकता नाइटराईडर्सले सानदार जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको जित दर्ता गरेको हो । बैंग्लोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकताले १० ओभरमै पुरा गरेको थियो ।

कोलकताको जितमा शुभमन गिलले ४८ तथा आईपीएलमा डेब्यु गरेका बेंकटेश अय्यरले ४१ रनको नटआउट पारि खेलेका थिए । टस जितेर पहिला ब्याटिङ गरको बैंग्लोर ९२ रनमा समेटिएको थियो । कोलकताका लागि बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान तीन तीन विकेट लिएका थिए ।९३ रनको लक्ष्य पछ्याएको कोलकताले शुभमन गिल र वेंकटेशले आक्रामक पारि खेल्दै ९.१ ओभरमा ८२ रन बनाएका थिए । उनलाई ३४ बलमा ४८ रन बनाएका बेला युजबेन्द्र चहलले आउट गरेका थिए । त्यसपछि क्रिजमा आएका आन्द्रे रसेलले कुनै पनि बल फेस गर्न पाएनन भने बेंकटेशले खेल जिताएका थिए ।

पहिलो पारिमा बैंग्लोरका लागि देबदत्त पड्किलले सर्वाधिक २२ रन बनाउँदा श्रीकर भारतले १६ रनको योगदान गरे । हर्सल पटेलले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले १० रन बनाए ।

यो खेलमा कप्तान कोहलीले ५ रन मात्रै बनाए । उनले रेकर्ड भने बनाएका छन् । एउटै फ्रेन्चाइज टिमबाट २०० आईपीएल खेल्ने रेकर्ड बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP