आइतबार , भाद्र १४, २०८३

पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्।

कोरोना बढे अनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक सवारीसाधन प्रवेशमा रोक छ। यसबीचमा औपचारिक रूपमा सीमामा आवतजावत नखोलिए पनि दैनिक हजारौं मानिसको पैदल आवागमन भने निर्वाध छ।

यसरी सीमानाकाबाट यात्रुवाहक सवारी प्रवेशमा रोक भएको कारण वीरगन्ज र आसपासको क्षेत्रसँगै देशकै पर्यटन व्यवसाय प्रभावित रहेको भन्दै होटेल तथा पर्यटन व्यवसायीहरू प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेका थिए।

यी विषयहरूको बारेमा प्रधानमन्त्रीलाई पहिलेदेखि जानकारी नभएको उनको जिज्ञासाहरूबाट देखिएको थियो। लगातार डेढ वर्षदेखि सीमा बन्द रहेको भन्ने कुरामा उनले चासो जनाए। भारततर्फबाट नेपाली सवारीसाधन प्रवेशमा भने अहिले प्रतिबन्ध छैन।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP