मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्षलाई हाइसन्चो भएको मान्छेले किन संसद्‌मा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न गरेका छन् । सोमवार नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसन्चो भएको भन्ने ओलीको भनाइप्रति लक्षित गर्दै हाइसन्चो भएको मान्छेले किन संसद्‌मा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न गरेका हुन् ।

पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसद्‌मा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरे । उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसन्चो भयो । यो साँच्चै हो भने त त्यो संसद्‌मा नारा किन लगाउनुपर्‍यो हाइसन्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसद्‌मा ?’

अध्यक्ष नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका छन् । उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे । उनले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईँहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्‌मा कुरा उठाउन नपाइने भए पनि एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भन्दै संसद्‌मा उफ्रिएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP