मंगलबार , चैत्र २५, २०८१

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् ।

आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् ।

उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।

तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए ।

जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् । ‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’

विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए । ओलीको दाबीको काउन्टरमा उनले ‘तपाईले अहिले धोका दिनु भएको छ, भोलिको के कुरा गर्नू ? भनेका थिए ।

पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेको स्रोतले जनायो ।

तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् ।

मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो । त्यसअघि २५ दिनको संवादहीनता तोड्दै स्थायी कमिटी बैठक बस्नु अघिल्लो दिन मात्रै ओली र प्रचण्ड बीच छोटो समय भेटवार्ता भएको थियो । तर बुधबारको भेटवार्ता भने त्यस दिनको भन्दा लामो चल्यो ।

प्रधानमन्त्री एपं अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।

नेता नेपालसँग भने कुराकानी भएको छैन । गएको हप्ता नेपाललाई फकाउन ओली निकट नेताहरु कोटेश्वर पुगेका थिए । महासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपाललाई भेटेर ओलीसँग सहमति गर्न आग्रह गरेका थिए ।

ओली समूहले पूर्वएमालेले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद (जबज) कार्ड समेत खेलेको थियो । सवै प्रयास सम्भव नभएपछि ओली फेरि प्रचण्डसँगै मिल्ने रणनीतिमा पुगेका छन् । पार्टी एकीकरणदेखि प्रचण्डसँग सहमति गरेर पार्टी र सरकार चलाएका ओली अहिले पनि एक्लिन पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP