सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकबारे धारणा तय गर्न अध्यक्ष प्रचण्डले खुमलटारमा पाँच जना सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन् ।

प्रचण्डका अलावा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बिहीवार अपराह्न छलफल भएको स्रोतले जानकारी दियो ।

पटक–पटकको आग्रह र अल्टिमेटमपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् ।

बिहीवारको भेटमा सबै सदस्यहरुबीच शुक्रबारको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको एक नेताले जानकारी दिए ।

पार्टी स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासीन देखिएको, मन्त्रिपरिषद् हेरफेर तथा राजदूत नियुक्ति लगायतमा कुनै परामर्श नगरेको भन्दै प्रचण्ड-नेपाल लगायतका नेताहरू असन्तुष्ट छन् ।

यस विषयमा बैठक नै बसेर छलफल गर्नुपर्ने माग प्रचण्ड-नेपाल पक्षले राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP