आइतबार , बैसाख ७, २०८२

ओमन क्रिकेट टिमले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज जारी खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।

त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्सन सम्झन लायक रहेन।

अर्कोतर्फ बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो। केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिँदा लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै जारी सिरिजमा पहिलो खेल खेलेका शरद भेषवाकरले २ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP