बुधबार , बैसाख १७, २०८२

हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बार्गेनिङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बस्ने ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियार छन् ।

साउन ६ मा उनीहरुले घोराही–१५ स्थित कोहिनुर रेष्टुरेण्टमा भद्र बहादुर जैसी (परिवर्तित नाम) लाई फोन गरेर ‘घरायसी विषयमा सल्लाह लिन’ भनेर बोलाए । उनीहरुले बियर र मासु खाँदै गफ गरेका थिए । होटलबाट हिँड्ने बेलामा भद्र बहादुर शौचालय गए । फर्किँदा सितादेवी थापा ओछयानमा पल्टिरहेकी थिइन् ।

भद्रबहादुरले सितादेवीलाई उठाउन खोज्दा उनले गाली गर्न थालिन् । खुमा ओलीले फोटो खिचिन् । सितादेवीले गाली गरिन्–‘मेरो ईज्जतमा हात हाल्ने, बलात्कारको मुद्दा हाल्छु ।’

अचानाक त्यस्तो व्यवहार भोग्नुपर्दा भद्रबहादुर छाँगाबाट खसेजस्तै भए । साउन ७ मा खुमा ओलीले फोन गरेर ‘मुद्दा दर्ता गर्न दिँदैनौं छलफल गरौं’ भन्न थालिन् । छलफल गर्ने नाममा सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लजमा बोलाएर उनीहरुले त्रास देखाएर ५० लाख मागे । छलफलबाट १८ लाख लेनेदन गर्ने सहमती भएको थियो ।

उनीहरुले १ लाख नगद लिएर १७ लाख बराबरको सिभिल बैंकको चेक जबर्जस्ती काट्न लगाएको अनुसन्धानबाट खुलेको दाङका एसपी सुरेश काफ्लेले बताए । सितादेवीको समूहले यसअघि पनि ‘पैसावाल’लाई हनी ट्रयापमा पारेर असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७७ मा उनिहरुले तिनजनासँग त्यसैगरी ४३ लाख, ३८ लाख र ३५ लाख ‘बार्गेनिङ’ गरेर असुलेका थिए ।

‘सो समूहको पेशा नै बार्गेनिङ गर्नेखालको देखिन्छ’ एसपी काफ्ले भन्छन्–‘आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर थप अनुसन्धान गरिररहेका छौं ।’

भद्रबहादुर इज्जतको लागी प्रहरीकहाँ आउन ढिला गरेका हुन् । प्रहरीले सिताको घरबाट भद्रबहादुरले दिएको १७ लाखको चेक बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP