आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो केपी ओली नेतृत्वको सरकारले अनावश्यक गिजोलेका कारण अमेरिकी सहयोग परियोजना सम्बन्धी एमसीसी सम्झौता समस्या बनेको बताउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणका लागि २ नम्बर प्रदेशको राजधानी जनकपुर पुग्नुभएका प्रचण्डले आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा ओली सरकारका अर्थमन्त्रीले बिगारेका कारण एमसीसीले अहिलेको अवस्था निम्त्याएको बताउनुभएको हो ।

प्रचण्डले आफूहरू एमसीसीको विरूद्धमा नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र पारित गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । परिमार्जन र संशोधन गरेर मात्र एमसीसी अगाडि बढ्ने भन्दै हतार गर्नु आवश्यक नभएको प्रचण्डको भनाइ छ ।

उहाँले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने दाबी पनि गर्नुभयो । लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रको हितमा गठवन्धन निर्माण भएको भन्दै उहाँले एमसीसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

अर्को फरक प्रसंगमा प्रचण्डले आगामी दुई/तीन दिनभित्र क्याबिनेट बिस्तार गरि सरकारलाई पूर्णता दिने बताउनुभयो । उहाँले एकीकृत समाजवादी र जसपाबीचको विवादका कारण क्याबिनेट बिस्तार रोकिएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP