आइतबार , भाद्र १४, २०८३

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी फुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विक्षिप्त बनेको टिप्पणी गरेकी छन् ।

जनकपुरधाममा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले एमाले ढल्ने स्थितिमा पुगेको भन्दै ओली आत्तिएर गालीगलौचमा उत्रिएको बताइन् ।

‘ढल्नै लागेका कारण उहाँ विक्षिप्त हुनुहुन्छ । आत्तिनुभएको छ । गालीगलौचमा उत्रिनुभएको छ । धेरै हतास मनस्थितिमा पुग्नुभएको छ’ उनले भनिन्, ‘हामी त आराममै छौं । हामी किमार्थ पनि हतोत्साहित छैनौं ।’

एकीकृत समाजवादी गठनलाई उनले ओलीको दक्षिणपन्थ र व्यक्तिवादविरुद्ध गरिएको विद्रोह सानो झिल्को मात्रै भएको बताइन् । ‘विद्रोहको सानो सलाई मात्रै कोरिएको छ’ उनले भनिन्, ‘धेरै ठूलो डढेलो लागेर सत्यनाश हुनेवाला छ ।’

एमाले विभाजन भएको नभई आफूहरुले विद्रोह गरेको भन्दै नेतृ झाँक्रीले एमाले भत्किने प्रक्रिया निरन्तर अगाडि बढ्ने बताइन् । ‘संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एमाले भत्किनेवाला छ । सामान्य सफलता पनि पाउने छैन’ उनले भनिन्, ‘अनि हामी समाजवादीको ढोका खोल्नेछौं । उहाँहरु पनि यसमै आउनुहुनेछ ।’

नेतृ झाँक्रीले ओली सुध्रिने सम्भावना नभएको भन्दै एमालेमा बस्नुभन्दा समयमै विद्रोह गर्न नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूहरुको पार्टीमा आकर्षण बढिरहेको भन्दै उनले नयाँ पुस्ता पार्टीमा आइरहेको दावी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP