मंगलबार , अषोज २७, २०८३

बेलायत सरकारको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै आफ्नो रेड लिस्टलाई पुनरावलोकन गरेको छ । तर नेपाल अहिले पनि बेलायतको रेड लिस्टको सूचीबाट हट्न असफल भएको छ ।

४ अक्टोबरदेखि लागू हुने गरी बेलायतले ८ देशलाई रेड लिस्टबाट हटाएको छ । जसमा टर्की, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, श्रीलंका, ओमान, बंगलादेश र केन्या रहेका छन् ।आउँदो बुधबारदेखि यी ८ वटा देश रेड लिस्टबाट हट्ने बेलायतका यातायात सचिव ग्रान्ट सेप्सले बताएका छन् ।

यसको मतलव ती ८ देशबाट बेलायत जानेहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने छैन । त्यस्तै खोपको पूरा मात्रा लगाएका ती देशका नागरिकले पीसीआर रिपोर्ट पनि देखाउनुपर्ने छैन । बेलायत सरकारले सार्वजनिक गरेको सूची सन् २०२१ को अन्त्यसम्म रहन सक्छ ।

कोरोना भाइरस महामारीपछि बेलायतले संक्रमणको जोखिमको आधारमा देशहरुलाई रेड, एम्बर र ग्रिन गरी ३ वटा सूचीमा राखेको थियो । अहिले रेडलिस्टबाहेक अरु देशको सूची हटाइएको छ । बेलायतको रेडलिस्टमा नेपालसहित ५० भन्दा बढी देश रहेका छन् ।

रेडलिस्टका देशमा १० दिनसम्म बसेकामध्ये बेलायती वा आयरल्याण्डको नागरिक र बेलायतमा बसोबासको अनुमति पाएकाहरु मात्र सहजै बेलायत प्रवेश गर्न पाउनेछन् ।

अरुले भने ३ दिनअघिको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हुनुपर्नेछ । त्यस्तै बेलायत प्रवेश गरेपछि १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ र बेलायतमै गरिएको परीक्षणमा दुईवटा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP