आइतबार , भाद्र १४, २०८३

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राप्ती गाउँपालिका–२, लालमटियामा सम्पर्क कार्यालय राख्ने निर्णय गरिएको हो ।

शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरिएको छ ।

संविधान दिवस–२०७८ को अवसरमा प्रदेशभित्र विभिन्न क्षेत्रमा योगदान गर्ने ५७ जना विशिष्ट व्यक्तिहरूलाई प्रदेश पदकद्वारा सम्मान गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, साबिकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको ठाउँमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गर्ने, प्रदेश सरकारको कार्यविभाजन नियमावलीको अनुसूचीममा रहेर हेरफेर भएअनुसारको साबिकको मन्त्रालयहरूले कार्यजिम्मेवारी हेरफेर भएबमोजिम सम्बन्धित मन्त्रालहरूलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तान्तरण गर्ने निर्णय गरिएको लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रोल्पाका रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

झिमरुक गाउँपालिकाको केन्द्र भ्यागुतेको सट्टा मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिकाको वडा थपघट तथा समायोजन र बुटवल उपमहानगरपालिकाको वडा थपघट तथा समायोजन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP