मंगलबार , बैसाख २९, २०८३

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अत्यन्तै अन्यायीपूर्ण र दमनकारी ढंगले उत्रिन थालेको बताएका छन्।

उनले शनिबार बानेश्वरस्थित आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सरकार जनताप्रति उत्तरदायी समेत नभएको बताए।

अबको १४ महिनापछि सरकारले अनिवार्य रूपमा चुनाव गराउनुपर्ने बताए। साथै त्यस चुनावपछि आफ्नो सरकार बन्ने उनको दाबी छ।

आफ्नो सरकार आएपछि भने अहिलेको सरकार फ्रिजमा बनेको आइसबाहिर निकालेपछि पग्लिएजस्तै हुने टिप्पणी गरे।

‘१४ महिनामा चुनाव हुन्छ १५ महिनामा सरकार बन्छ त्यसपछि यी कता हराउँछन्, कता बिलाउँछन्। यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफैं परेको आइस होइन यो,’ उनले भने, ‘यी डल्ला फ्रिजबाट बाहिर राखेको एकछिनपछि पग्लिएर जान्छ। धेरै चिन्ता गर्नुपर्दैन आफ्ना सही र मान उद्देश्यमा अगाडि बढ्नुहोस्।’

साथै भेलामा आफू प्रधामन्त्री हुँदा प्रतिपक्षी दलका नेताहरूले कर्मचारीहरूलाई भेला गरेर सरकारलाई असहयोग गर्न निर्देशन समेत दिएको बताए। त्यसरी निर्देशन दिएकोमा आफूलाई आश्चर्यसमेत लागेको बताए।

‘म प्रधानमन्त्री छँदै, अलि अगाडि नेपालको दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने- सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें,’ उनले भने, ‘एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ। मलाई अचम्म लाग्यो। मलाई आश्चर्य लाग्यो।’

उनले कर्मचारीहरूलाई देशमा जुनसुकै कर्मचारी आए पनि काम गर्नुपर्ने बताए। सरकारलाई असहयोग गर्नु भनेको काम नगर्नु हो भन्दै उनले आफ्नो नियम कानुनअनुसार काम गर्नुपर्ने बताए। भेलामा पार्टीका महासचिव ईश्वर पोखरेल, स्थायी सदस्य तथा बागमतीका इन्चार्ज रामबहादुर बादल सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP