शनिबार , बैसाख ६, २०८२

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित भएको छ।

शुक्रबार ओमानमा भएको खेलमा नेपाललाई अमेरिकाले ६ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ९२ रनको योगदान गरे। ६३ बल खेलेका टेलरले १२ चौका र ३ छक्का प्रहार गरे।

मोनांक पटेलले नटआउट ३८ रन र जसकरण मलहोत्राले नटआउट ३६ रन जोडे।

सुशान्त मोदानी २ रन, करिमा गोरे शून्य र संजय कृष्णमूर्ती पनि शून्यमा आउट भए।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए।

टेलर र कृष्णमूर्तिलाई नेपालका करण केसीले लगातार आउट गरेका थिए। त्यस्तै सन्दीपले पनि करिमा र सुशान्तको पाँचौ ओभरको पहिलो र पाँचौ बलमा आउट गरेका थिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका उनले १०५ बल खेलेर ५५ रन जोडे। त्यसक्रममा उनले ३ चौका हिर्काए।

ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके। कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए।

डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल भने शून्यमै आउट भए। यसअघिका चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए।

सोमपाल कामी २ रनमा आउट हुँदा करण केसीले ११ बलमा २ चौका हिर्काउँदै १२ रन जोडे। सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भए।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले ४ विकेट लिए। केल फिलिप्सले ३ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP